किन हुन्छ उच्च घराना र उच्च पदस्थ महिलाको बढी ‘डिभोर्स’ ?


९ माघ २०७६, बिहीबार
devorce

काठमाडौं, ९ माघ । जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ । महिलाका हकमा भने यो ठीक उल्टो छ । नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्यधिक पाइएको छ ।

विशेष गरी महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सम्बन्धविच्छेद अत्यधिक देखिएको अध्ययनले देखाएको छ । स्टकहोम युनिभर्सिटीले विभिन्न कम्पनीमा कार्यरत १ सयभन्दा बढी विपरीत लिङ्गी दम्पतीमा अध्ययन गरेको थियो । त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ ।

प्राध्यापक जोन्ना रिक्नेका अनुसार सार्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ। मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्रतिवेदनको दाबी छ ।

अत्यधिक दम्पतीले कामको तनावले परिवार छिन्नभिन्न भएको बताएका छन् । यो अध्ययनले महिला उच्च पदमा पुग्दा बिदामा सँगै बस्ने र घरको काम विभाजन गरेर गर्ने अपेक्षा पूरा नभएको देखाएको छ ।

यद्यपि सम्बन्ध विच्छेदको पहल कसले गर्छ भन्ने खुलाइएको छैन । तीमध्ये एक सीईओ ३९ वर्षीया कार्लोट युङले लगातारको यात्रा, पदअनुसारको लामो कार्य समय र उच्च प्रोफाइलमा बसिरहनु सम्बन्ध बिग्रनुमा जिम्मेवार हुने बताइन् ।

लैंगिक समानताको सबैभन्दा अग्रस्थानमा रहेको स्वीडेनमा भने यो समस्या कम रहेको देखिएको छ । यसमा बिदामा उदार अभिभावक, दिवा हेरचाहको आलोपालो, कामको मेलमिलापपूर्ण व्यवस्थापन यसका कारण हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७