यस्ता पनि छोरा, आफ्नै आमालाई खुकुरीले ‘छप्काए’


९ माघ २०७६, बिहीबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

सुनसरी, ९ माघ । आमा–बाबुलाई नेपाली समाजमा ‘जिउँदा देउता’ भनेर आदर र सम्मान गरिन्छ । तर, एक छोराले आफ्नै आमामाथि खुकुरी प्रहार गरी यो भनाईलाई ‘बिटुलो’ बनाएका छन् ।

सुनसरी जिल्लाको ईटहरी–२ हवाइ चोकमा एक युवकले आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन् ।

१८ वर्षीय पारस कार्कीले बुधबार राति साढे १० बजे घरमै आमालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट उनी आमा ३६ वर्षीया कविता कार्की घाइते भएकी छन् । सामान्य घरायसी विवादमा पारसले आमालाई खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट कविताको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पारसलाई खुकुरीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७