अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी


९ माघ २०७६, बिहीबार
yekraj adhikari snmlWCZdFt

अस्ट्रेलिया, ९ माघ । अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् ।

अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । विगत ११ वर्षदेखि अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्डमा बसोबास गर्दै आएका एकराज अधिकारीले टुउम्बा परिषदमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् ।

उम्मेदवारी दिए लगत्तै एक भिडियो जारी गर्दै अधिकारीले टुउम्बा राज्यको विकासका लागि युवा सहभागितालाई प्रोत्साहित गर्न आफू लागि पर्ने पनि जनाएका छन् । अधिकारी दुई छोरी र श्रीमतिका साथ अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७