श्रीमानलाई रक्सी खोज्न पठाएर असक्त महिलामाथि बलात्कार


९ माघ २०७६, बिहीबार
Rape for nayapage

बेनी, ९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीकी एक असक्त महिला बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रघुगंगा–२ का ५२ वर्षीय डिलबहादुर केसीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माका अनुसार केसीले बोल्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको हो । माघ २ गते घरमै आएर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनी घरेलु मदिरा पिउने बाहनामा पीडितको घरमा गएका थिए ।

श्रीमानलाई रक्सी खोज्न पठाएर जबरजस्ती गरेको पीडितको भनाई छ । माघ ४ गते पक्राउ गरिएका केसीलाई बिहीबार जिल्ला अदालतबाट अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्ने तयारी भएको छ । केसी विरुद्ध करणीसम्बन्धी कसुरको जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७