धोविखोलामा सालनालसहितको शिशुको शव फेला


९ माघ २०७६, बिहीबार
baby 4

काठमाडौं, ९ माघ । काठमाडौं चाबहिलको धोविखोलामा सालनालसहितको शिशुको शव फेला परेको छ । आन्दाजी ६–७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

शिशुको शव सालनालसहित कपडाले बेरेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ’, बोगटीले भने, ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७