नेपाल आउने ओमान र अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीको घोषणा


९ माघ २०७६, बिहीबार
Oman and usa cricket team

काठमाडौं, ८ माघ (एजेन्सी) । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि ओमान र अमेरिकाले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।


सिरिजको लागि अमेरिकाले १४ सदस्यीय टोलीको बुधबार र ओमानले सोमबार घोषणा गरेको हो ।
माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि ओमानलेले जिशान मकसूदको कप्तानीमा टोली घोषणा छ । डिसेम्बरमा यूएई र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलेको टोलीलाई नै ओमानले निरन्तरता दिएको छ ।


त्रिकोणात्मक सिरिजको लागि ओमानको टोलीमा जीशान मकसूद (कप्तान), अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान रहेका छन् ।


सौरभ नेत्रवलकरको कप्तानीमा अमेरिकी टोली
त्रिकोणात्मक सिरिजको लागि अमेरिकाले सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको छ । भने अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्नेछ ।


अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन–११ सँग तीन एक दिवसिय अभ्यास खेलेपछि नेपाल आउने छ । सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ ।


अमेरिकाको घोषित टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलि सकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पुर्व ओपनर जेवियर मार्शल लगातका खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ ।


अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।

अमेरिकाको टोलीमा सौरभ नेत्रवलकर (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन छन् ।

२४ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा
नेपाली टोलीले भने २४ खेलाडी समावेश गर्दे पोखरामा बीच बन्द प्रशिक्षण गरि रहेको छ । नेपालले पनि केहि दिनमै आफ्नो अन्तिम १४ सदस्यीय टोली घोषणा गर्ने बताइएको छ ।
बन्द प्रशिक्षणमा लोकेश बमले पहिलो पटक मौका पाएका छन्। सुवास खकुरेलले पुनरागमन गरेका छन्। बाँकी पूरानै खेलाडी छन्। ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, पारस खड्का, पवन सरार्फ, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषावकर, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनिल धमला, कुशल मल्ल, वसन्त रेग्मी, किशोर महतो, लोकेश बम र सुमित महर्जन रहेका छन् ।

लिगको शीर्ष स्थानमा अमेरिका
नेपाल बाहेक अन्य ६ टोलीले विश्वकप लिग २ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलि सक्दा अमेरिका शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ ।

८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ । नेपालले अहिलेसम्म कुनै खेल खेलेको छैन ।

त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका

माघ २३ गते – अमेरिका विरुद्ध ओमान

माघ २५ गते – नेपाल विरुद्ध अमेरिका

माघ २८ गते – अमेरिका विरुद्ध ओमान

माघ २९ गते – नेपालविरुद्ध अमेरिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७