फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


९ माघ २०७६, बिहीबार
gold 2

काठमाडौं, ९ माघ । सुनको भाउ उकालो लाग्ने क्रम अझै रोकिएको छैन । सुन चाँदीको मूल्य आज (शुक्रबार) पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे ।

अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रु. पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १५ सय ५५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७