विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसको मुख्य कारण चाइनिज ‘कोब्रा’ : अध्ययन


९ माघ २०७६, बिहीबार
king kovra 1

बेइजिङ, ९ माघ । चीनमा १७ जनाको ज्यान लिंदै विश्वलाई त्रसित बनाईरहेको कोरोना भाइरस सर्प भएको एक अध्ययनले देखाएको छ ।

चीन हुँदै महामारीको रुप लिएको उहान कोरोना भाइरसको मुख्य कारण सर्प (चाइनिज कोब्रा) रहेको हुन सक्ने एक अध्ययनले जनाएको छ । चाइनिज क्रेइट र चाइनिज कोब्रा जातका सर्पबाट यो रोगको संक्रमण शुरू भएको हालै गरिएको एक अध्ययनले देखाएको हो ।

श्वासप्रश्वासमा समस्या सिर्जना गर्ने कोरोना भाइरसका कारण चीनमा मात्र १७ जनाको ज्यान दिइसकेको छ । ५७१ चिनियाँसहित विश्वभरका ५५२ मा कोरोनाको संक्रमण देखिएको छ ।

भाइरोलोजिस्ट (भाइरलको उपचार गर्ने चिकित्सक तथा वैज्ञानिक) र जर्नल इडिटरको समूहले यो तथ्य बाहिर ल्याएको हो । ’हामीले कोरोनाका बारेमा नजिकबाट अध्ययन गरिरहेका छौं । यो भाइरसबारे धेरै प्रश्न अनुत्तरित नै छन्,’ सो अध्ययनमा भनिएको छ ।

संक्रमित बिरामीबाट संकलन गरिएका स्याम्पलको अध्ययनबाट चीनका वैज्ञानिकहरू यो निष्कर्षमा पुगेको बताइएको छ । कोरोना भाइरस पनि सार्स र मर्स फैलाउने भाइरस समूहकै भएको समेत सो अध्ययनले उल्लेख गरेको छ । विगत १७ गर्ष अघि सार्स र मर्सले सयौं मानिसको ज्यान लिएको थियो । सन् २०१९ मा मात्र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पत्ता लागेको उल्लेख गरेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन स्थानीय सहरले यातायात व्यवस्थामा सावधानी अपनाउन थालेका छन् । मध्य तथा दक्षिणी चीन तथा दक्षिण एसियामा पाइने ताइवानी क्रेइट, चाइनिज क्रेइट चाइनिज कोब्रा एक विषालु प्रजातिको सर्प हो ।

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपल्ट देखिएका थिए । यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ । हाल अमेरिकालगायत ४ भन्दा बढी देशमा यसका बिरामी देखा परिसकेका छन् ।

थाइल्याण्ड र दक्षिण कोरियामा पनि यसका बिरामी फेला परिसकेका छन् । हालसम्म ४ सय ४० जना यसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ । जेखिम बढेसंगै सरकारले सर्तकता बढाएको बताएको छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने कोरोना भाइरसको संक्रमण नेपालमा हालसम्म देखिएको पुष्टि भएको छैन । यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो मान्छेमा सरेको थियो ।

त्यसपछि संक्रमित मानिसबाट अरूमा सर्दै गएपछि अहिले कोरोना भाइरस थाइल्याण्ड, हङकङ, मकाउ, ताइवान, अमेरिका, जापान र दक्षिण कोरियासम्म फैलिइसकेको छ । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि चीन सरकारले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदिएको छ । बिहीबार बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेष्टुरेन्ट बन्द गरिएका छन् ।

वुहानका मानिसलाई अत्यावश्यक काम नपरी बाहिर नजान भनिएको छ । सडकमा चेक पोइन्टहरू राखिएको छ । जहाँ स्वास्थ्य अधिकारीहरूले कारमा रहेका मानिस जाँच गरेपछिमात्र जान दिन्छन् । एकाएक सबैथोक बन्द भएपछि दैनिक उपभोग्य सामानको भाउ ह्वात्तै बढेको छ ।

के हो कोरोना भाइरस ?
बिल्कुलै नयाँ प्रकारको यो रहस्यमयी भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो । बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन् ।

कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन् । यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुने मानिन्थ्यो । यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या सात पुगेको छ । नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ । यो कोरोना भाइरसकै एक प्रकार ’सार्स’ जत्तिकै शक्तिशाली भएको जनाइएको छ ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो । चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए । ७७४ जनाको मृत्यु भएको थियो । यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ ।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘जब हामीले यो नयाँ कोरोना भाइरस देख्यौं, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौं । सामान्य रूघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो ।’

यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन् । यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ । यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन । नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन । जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ । यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो ।

कोरोना भाइरस संक्रमण भित्रिन नदिन त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी
चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ ।
श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियो ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिएका छन् ।

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण
रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र चीनमा फैलिइ रहेको कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।

चीनमा पछिल्लो समय महामारीको रूपमा कोरोना भाइरस फैलिएको कारण त्यहाँबाट नेपाल आउने पर्यटकमा यसको सङ्क्रमण हुन सक्ने भन्दै परीक्षण गर्न लागिएको हो । नाकामा रहेको हेल्थ डेक्सबाट तीन दिनभित्र सेवा शुरु गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रसुवालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७