प्रश्नपत्र ‘आउट’ गरी शिक्षक छनोट गरेको आरोपमा ‘बिव्यस’ अध्यक्षसहित तीन पक्राउ


९ माघ २०७६, बिहीबार
pakrau

दैलेख, ९ माघ । दैलेखको डुङ्गेश्वर–५ स्थित पिपलचौतरा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा पक्राउ गरेको छ ।

गाउँपालिकाबाट सञ्चालित शिक्षक छनौट परीक्षाका परीक्षार्थीलाई परीक्षा अगावै म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरीका आधारमा शाहीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

शिक्षक छनौट समितिको संयोजक समेत रहेका शाहीले राहत दरबन्दी निमावि तह सामाजिक विषयका लागि सञ्चालित परीक्षामा सहभागी भई छनौट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका शाही, भण्डारी र विक बारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७