टिप्परको ठक्करबाट महिलाको मृत्यु, चालक फरार


९ माघ २०७६, बिहीबार
Tipper

कञ्चनपुर, ९ माघ । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गमा तीब्र गतिमा आएको से १ क ८८७ नम्बरको टिप्परले बिहीबार दिउँसो पैदल हिंडिरहेकी महिलालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएकी महिलाको सनाखत नभएको प्रहरीले जनाएको छ । घटना लगत्तै चालक फरार भएका छन् । ट्राफिक कार्यालयभन्दा ५ सय मिटर पश्चिमतर्फ भएको घटनामा चालकको लापरबाही देखिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७