राष्ट्र बैंकका ६२ कर्मचारीको सरुवा र पदस्थापन, को–को परे ?


९ माघ २०७६, बिहीबार
rastra bank

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकका ६२ जना कर्मचारीको जिम्मेवारी फेरबदल भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उपनिर्देशक र सहायक निर्देशकका कर्मचारीहरुको सरुवा र पदस्थापन गरेको राष्ट्र बैंकले जनाएको छ ।

६२ जना कर्मचारीमध्ये उपनिर्देशकतर्फ ४७ जना र १५ जना सहायक निर्देशक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मानव संसाधन विभाग प्रमुख पिताम्बर भण्डारीले जानकारी दिएका छन् ।

उपनिर्देशकतर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको हो भने सहायक निर्देशकतर्फ सबै १५ जनाको सरुवा भएको हो । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्यक्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिनेछ ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले कर्मचारी सरुवा तथा पदस्थापनको सबै निर्णय गभर्नरलाई दिएको छ । सोहीअनुसार ती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७