१२ सय बढी मतले हराउँदै नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित


९ माघ २०७६, बिहीबार
narayan kaji shrestha

काठमाडौं, ९ माघ । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निकटतम प्रतिद्वन्द्वीलाई भारी मतले निर्वाचित भएका छन् ।


गण्डकी प्रदेशको बिहीबार भएको मतदानमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गर्दे विजयी भएका हुन् ।


उनले ३४ सय ६२ मतभार ल्याएका थिए । उनका कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।


२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए ।


यस्तै गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन् । उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत पाएका छिन् ।


उनीहरूबीच मतान्तर एक हजार २६ छ ।


मन्त्रीबारे बन्ने सोच छैन् : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभामा निर्वाचित भएपछि श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् ।

उनले भने, ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै सोच्ने कुरा भएन । दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’

उनले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा भूमिका खेल्ने बताए । उनले भने, ‘पार्टीले निर्णय गरेर राष्ट्रियसभा सदस्य बनाएको हो, त्यो जिम्मेवारी पुरा गर्छु । नेतृत्वको हिसावले हिजो जिम्मेवारी निर्वाह गर्दै आइरहेको अवस्थामा आज राष्ट्रियसभा सदस्य भएपछि कसरी भूमिका निर्वाह गर्ने भनेर पार्टीले निर्णय गर्छ, त्यही अनुसार हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७