यस्ता हुनेछन् प्रदेशका कार्यालय र निवास


२२ पुष २०७४, शनिबार
7 State of Nepal

काठमाडाैं : प्रदेशको राजधानी कहाँ होला ? प्रदेश प्रमुख, मुख्यमन्त्री सभामुख र मन्त्रीहरु को को बन्लान ? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्र्तगतका कार्यालय र उच्च पदस्थहरुको निवासको संरचना कस्तो होला भन्नेवारे पनि अहिले सबैमा चासो छ । आजको कान्तिपुरमा खबर छ ।7 State of Nepal

यही चासो र सरोकारका बीच सहरी विकास मन्त्रालयले प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेशसभा हल, ६ प्रदेश सचिवको कार्यकक्ष र निवासको स्थायी ढाँचा ले आउट को प्रारम्भिक प्रस्ताव तयार पारेको छ ।

र तत्काल बन्ने अस्थायी संरचनाको लागि समेत यसैलाई आधार बनाइने मन्त्रालयका कार्यलहरुका अतिरिक्त निवासका प्रारिम्भक ढाँचा पनि तय गरेको छ ।
मन्त्रालयको प्रस्ताव अनुसार प्रदेश प्रमुखको कार्यालयको कुल क्षेत्रफल १६९ बर्गमिटर हुनेछ ।

जसमा कार्यकक्ष, बैठक कक्ष, पीए प्रशासनिक कक्ष, प्राईभेट कक्ष र शौचालय रहनेछ ।

प्रमुखको कार्यालय करिव २६ लाख रुपैयाँको फर्निचर लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७