नेपाल सिधै टि ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा


९ माघ २०७६, बिहीबार
paras n team

काठमाडौं, ९ माघ । अर्को वर्ष भारतमा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । सन् २०२१ मा हुने ट्वान्टी–२० विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहने छ ।

यसै वर्ष अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप हुनेछ । त्यसको पुछारमा रहेका चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीहरुसहित जिम्बावे, नेपाल, युएई र हङकङले ग्लोबल छनोटमा सोझै खेल्ने भएको विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जनाएको छ ।

अन्तर्राष्टिय क्रिकेट परिषद(आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र यूएईलाई २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको छनोट प्रक्रिया अनुसार स्वतः ग्लोबल छनोटमा स्थान दिएको हो ।

नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।

क्षेत्रिय छनोट हुँदै आउने टोली गरी कुल १६ टोलीलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइने छ । जसमा दुबै समुहका शीर्ष दुई दुई टोली विश्वकप खेल्न पाउने छन् । अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपका शीर्ष १२ टोलीले स्वत: आगमी वर्ष भारतमा हुने विश्वकप खेल्न पाउने छन् ।

ग्लोबल क्वालिफायर ४ र अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपको शीर्ष १२ टोली गरि कुल १६ टोलीबीच भारतमा टि ट्वान्टी विश्वकप हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७