२०७६ माघ १० गते शुक्रबारको तपाईको राशिफल


१० माघ २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाईने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउँला । कार्यमा अवरोध आउँला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । विपरित वर्गप्रति आकर्षण बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोमाञ्चक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राज्यबाट मान सम्मान पाइने छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७