इङ्लिस प्रिमियर लिग : लिभरपुलसँग उल्भरह्याम्पटन पराजित


१० माघ २०७६, शुक्रबार
INjaeS9BtUTOD1669JRX

काठमाडौं, ९ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ ।

उल्भरह्याम्पटनको मैदानमा गए राति भएको खेलमा लिरभपुलका लागि रोबर्टो फर्मिनोले ८४ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि लिभरपुलका जोर्डन हेन्डर्सन र उल्भरह्याम्प्टनका राउल जिमिनेजले एक–एक गोल गरेका थिए ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग १६ अंकको अग्रता लिएको छ । लिरभपुलले २३ खेलबाट ६७ अंक जोडेको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीको ५१ अंक छ । तेस्रो स्थानको लेष्टर सिटीको ४८ अंक छ भने ४० अंकको साथ चेल्सी चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७