नेपाल वायुसेवा निगमका २५ पाइलटले बुझाए सामुहिक राजीनामा, राजीनामा दिने थपिंदै

निगमको ६० बर्षे इतिहासमा किन दिए यतिधेरै पाइलटले एकैपल्ट राजीनामा ?


१० माघ २०७६, शुक्रबार
Bayusewa Nigam

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामुहिक राजीनामा दिएका छन् । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमा यति धेरै पाइलटले एकैपल्ट सामुहिक राजीनामा दिएको यो पहिलो घटना हो । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामुहिक बुझाएका हुन् ।

९० दिनको समयसीमा दिंदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ । ठूलो संख्यामा पाइलटहरुले सामुहिक राजीनामा दिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

‘तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरुले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई दुई विकल्प दिएका छन् ।

विदेशीले महिनामा ४६ घण्टा मात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरुले बताएका छन् । पाइलटहरुका अनुसार विदेशीले हप्तामा दुई दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एक दिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिए पनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको छ ।
यस्तो छ राजीनामा पत्र

rajinama 59lkmAYZPP

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७