काठमाडौंमा नेपाल-अमेरिकी सेनाको एक महिने संयुक्त सैन्य अभ्यास


१० माघ २०७६, शुक्रबार
Nepal Army Sagarmatha

काठमाडौं, १० माघ । काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाको एक महिना संयुक्त अभ्यास हुने भएको छ ।

आगामी फागुन ५ गतेदेखि संयुक्त सैन्य अभ्यास शुरु हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुने जनाइएको छ । एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र शहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७