सांसद दिपक मनाङ्गेमाथि म्याद थप गरेर अनुसन्धान गरिने


१० माघ २०७६, शुक्रबार
Deepak Manage दीपक मनाङे

कास्की, १० माघ । गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेबारे प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाउने भएको छ ।

नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिकस्थलमै कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पोखराको होटल प्याराडाइजबाट पक्राउ गरेको थियो ।

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिएका छन् ।

गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले जानकारी दिए । यसैबीच पक्राउ परेका सांसद मनाङ्गे पक्राउले कुनै फरक नपार्ने बताएका छन् । उनले नेपालमा ‘ल अर्डर’ राम्रो नभएको भन्दै आफूलाई पक्रिन नमिल्ने बताएका छन् ।

उनले दुबै पक्ष बसेर छलफल गर्नुपर्ने मनसाय पक्राउका बेला नै प्रकट गरेका छन् । मनाङ्गले मुख्यमन्त्री कपमा मनाङ्गबाट खेलकुदमा सहभागी हुन आएकाहरुलाई आयोजकले वेवास्ता गरेको बताउँदै आएका छन् । उनले एन्फा अध्यक्ष मिलनले आर्थिक अनियमितता गरेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७