आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार


१० माघ २०७६, शुक्रबार
gold 2

काठमाडौं, १० माघ । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम अझै रोकिएको छैन । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७