सात छोराछोरी सबै सुरक्षा फौजमा, छोराछोरीको योगदानका कारण आमा–बाबु सम्मानित


१० माघ २०७६, शुक्रबार
army 1

डोटी, १० माघ । एकै परिवारका व्यक्तिहरुमा पनि रुची फरक हुन्छन् । तर, डोटी दिपायलको एक परिवारका सात जना छोराछोरी सुरक्षा फौजमा कार्यरत छन् ।

परिवारका सात छोराछोरी सुरक्षा फौजमा हुँदा बाबु–आमाको परिचय समेत फौजी परिवारको बाबु–आमा भनेर चिनिने गरेका छन् । कहिलेकाँही छोराछोरीकै कारण बाबु आमा सम्मानित हुने समेत गरेका छन् ।

दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाइ सम्मान गरेको छ ।

उनीहरुका सात सन्तानमध्ये ५ छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् । उनीहरुलाई गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका छन् ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताए । ‘मेरा छोराछोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७