बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु, के–के छन् कार्यक्रम ?


१० माघ २०७६, शुक्रबार
pradesh 3 BbTzbau8G8

काठमाडौं, १० माघ । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरे ।

साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्ध चोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो । पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरु भएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७