सांसद मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ


१० माघ २०७६, शुक्रबार
dipak milan OqkPpmhWLw

कास्की, १० माघ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग ‘दीपक मनाङे’ विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमतिमा उनलाई निन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि मञ्चमै कुटपिट गरेको आरोपमा मनाङ्गेलाई प्रहरीले पोखराको होटल प्याराडाइजबाट बिहीबार पक्राउ गरेको थियो । मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङ समेत पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७