कोरिया भाषा परीक्षाको नतिजा सच्याइयो, बढ्यो उत्तीर्ण हुनेको संख्या


१० माघ २०७६, शुक्रबार
Eps1

काठमाडौं, १० माघ । सन् २०२० का लागि लिइएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियन मानव संशोधन विकास सेवा विभाग (एचआरडी) ले नतिजा सच्याएको छ ।

एचआरडीले १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएकाले पुनः परीक्षण गरी नतिजा सार्वजनिक गरेको हो । सन् २०१९ मा ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३०८ परीक्षामा सहभागी थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो ।

भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपिएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७७३ जना मात्र उत्तीर्ण भएका थिए । जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए ।

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए ।

माग गरेसँगै विभागका महानिर्देशक भीष्मकुमार भुषाल, इपिएस सेन्टरका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईको संयुक्त बैठक बसी विद्यार्थीको माग बमोजिम एचआरडीमा पत्र पठाइएको थियो । उक्त मागप्रति सम्बोधन गर्दै एचआरडीले गत २९ पुसमा विभागलाई दिइएको स्पष्टीकरणमा १४ मंसिरमा लिइएको सीप परीक्षाको नतिजा मात्र प्राविधिक समस्या भएको जनाएको छ ।

त्यस्तै, अन्य सबै नतिजा ठिक भएको भन्दै पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक गरेको छ । पुनः परीक्षणबाट एक सय ३५ जना थप पास भएको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो नतिजा सार्वजनिक गरेसँगै २०१९ मा ६ हजार ९ सय ८ जना पास भएका छन् । जसमा ५ हजार ८५७ पुरुष र एक हजार ५१ महिला पास भएका छन् ।

परीक्षार्थीले भने सार्वजनिक नतिजाप्रति असन्तुष्टि जनाएका छन् । पटक–पटक आन्दोलनमा उत्रिए पनि विद्यार्थीको माग पुनः सम्बोधन हुन नसक्ने एचआरडीले जनाइसकेको छ । निर्देशक खनालका अनुसार परीक्षादेखि सीप परीक्षण सबै एचआरडीले गर्ने भएकाले यो इपिएसको विषयको हो । कोरिया जाने सन्दर्भमा विभिन्न परीक्षा पास गनुपर्ने हुन्छ र पक्रियाअनुसार नै लैजाने गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७