राष्ट्रिय वाणिज्य बैंकले मनायो ५५औं वार्षिकोत्सव


१० माघ २०७६, शुक्रबार
Aniversary55th 2dgUvhLeEc
????????????????????????????????????

काठमाडौं,१० माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा।युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा।वा। बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए ।

बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । उनले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

Anniversary55 LRkU8lEdER
????????????????????????????????????


उनले आर्थिक वर्ष २०७६।०७७ लाई ‘क्लिन एण्ड स्मार्ट आरबीबी वीथ कन्सोलिडेसन’ भन्ने अभियान संचालन गरी फिजिकल र फाइनान्सियल स्मार्टनेसको लक्ष्य सहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौ । यस सिलसिलामा लामो समय देखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेका छौ । पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम विक्री गरिसकेका छौ । लामो समय देखि अन रिकन्सिल तथा पेन्डिङमा रहेका हिसाब मिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको बताए ।

आज भन्दा ५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो ।

हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए।टी।एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो ।

कार्यक्रममा बैंकको सर्वोत्कृष्ठरउत्कृष्ठ कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७