नेपालमा पनि भित्रियो कोरोना भाइरस, जोगिनलाई यी उपाय लगाउनुस्


११ माघ २०७६, शनिबार
korona 2

काठमाडौं, ११ माघ । चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

लक्षण
पशुबाट पशुमा सर्ने यो भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ ।

dr2020 01 25 07 37 32
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला

कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककहाँ जानुपर्छ । रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । हात मिलाउन छाडेर नमस्कार गर्नु उपयुक्त हुन्छ ।

जोगिने उपाय
नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने ।

कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन । तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७