आज तामाङ समुदायको सोनाम ल्होछार पर्व, के-के छन् कार्यक्रम ?


११ माघ २०७६, शनिबार
sonam losar 5

काठमाडौं, ११ माघ । आज (शनिबार) तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षाकाे माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान गर्दै मनाउने गरेका छन् ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८५६ औं वर्ष शुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

sonam losar सोनाम ल्होसारमा सँस्कृति र सौन्दर्य 2

१२ वटै वर्ष पशुपंक्षीहरुका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् । तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

sonam losar 5

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा शनिबार सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली, तामाङ जातिको मौलिक वेशभूषा र खाना प्रदर्शनी सांस्कृतिक गतिविधि लगायत विभिन्न कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिएका छन् ।

 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यस पटक नेपाल भ्रमण वर्षको प्रचारप्रसारसहित आयोजना हुने उनले बताएका छन् ।

यसैगरी काठमाडौंको स्वयम्भू क्षेत्र र टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ्ग घेदुङ संघले जनाएको छ । ल्होछारका अवसरमा तामाङ समुदायले मौलिक पहिरन र मौलिक बाजागाजाका साथ विभिन्न साँस्कृति झाँकीहरु प्रदर्शन गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७