पूजा गर्दै गर्दा माटोको ढिस्कोले पुरिंदा तीन महिला घाइते


प्रकाशित मिति : 25 January, 2020 5:39 pm

पाल्पा, ११ माघ । पाल्पाको कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिंदा तीन जना घाइते भएका छन् ।

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीन जना महिला घाइते भएका हुन् ।

घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए ।

घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्