फ्रेन्ड्समाथि संकटाको जित


११ माघ २०७६, शनिबार
np

काठमाडौं ११ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले कठिन जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६४औं मिनेटमा गरेको गोल संकटाको जितमा प्रयाप्त बन्यो । मार्टिन्सले सुवास गुरुङको कर्नर पासमा हेड गोल गरेका थिए । संकटाले पहिलो र दोस्रो हाफमा पनि थप गोलको अवसर बनाएको थियो ।


संकटाको थप प्रयासलाई फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले विफल पारिदिएका थिए । संकटाका लक्ष्मण रुचाल म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आठ खेलबाट १२ अंक बनाएको संकटा सातौं स्थानमा छ । आठ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७