घुससहित इञ्जिनीयर पक्राउ


११ माघ २०७६, शनिबार
pakrau पक्राउ arrest

सिन्धुली, ११ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।


गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए ।

शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग रु दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन् । उहाँको साथबाट कृषि विकास बैंकको रु ७० हजारको चेक, सिटिजन बंैकको रु एक लाख ६० हजारको चेक र स्रोत नखुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उनले जानकारी दिए ।


गाउँपालिकामा विद्युत् विस्तारका क्रममा लामो समयसम्म इञ्जिनीयर शाहका कारण उपभोक्ताले पैसा पाउन नसकेपछि अख्तियारमा उजुरीका आधारमा इञ्जिनीयर पक्राउ परेका हुन् । घ्याङ्लेक गाउँपालिकामा दुई वर्षदेखि शाह करारमा इञ्जिनीयरका रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७