पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन


१२ माघ २०७६, आईतवार
prasuram

काठमाडौं,१२ माघ । करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ-नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।

वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र दोस्रो बाउटमा २८.४ अंक जोडेका थिए । यस्तै सिनियर मेल काता ट्रयाडिसनलको फाइनलमा २९.२ अंक र २७.८ अंक जोड्दै स्वर्ण जित्न सफल भए ।83275942 117002249642809 7964559002623279104 n

दोहोरो स्वर्ण जितेसँगै पर्शुराम च्याम्पियन अफ दि च्याम्पियन समेत भए । यससँगै उनले ४ सय क्यानेडियन डलर हात पारे । पर्शुराम पछिल्लो समय क्यानडामै रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७