ब्राजिलमा बाढी र पहिरो, ३० को मृत्यु : ३५ सयलाई गरियो सुरक्षित


१२ माघ २०७६, आईतवार
brazil

ब्राजिल, १२ माघ । दक्षिण–पूर्वी ब्राजिलमा पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।

राहत र उद्दारकार्यमा जुटेका नागरिक सुरक्षा दलका अनुसार मिनास गैरेस राज्यमा भारी वर्षापछि साढे तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा र्पयाइएको छ ।

शुरुवातमा मृत्यु हुनेको संख्या ११ थियो । तर शनिबार यो आँकडा बढेको छ । धेरैजसो मृत्यु राजधानी बेलो हरिजोन्टेमा भयो ।

मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ । यहाँ पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पहिरोमा थुप्रै भवन भत्किएका छन् । यसमा पुरिंदा धेरैको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७