बालाजुमा खुर्सानीको धुलो छर्केर लुटियो ५० लाख, ६ जना पक्राउ


१२ माघ २०७६, आईतवार
policearrest

काठमाडौं, १२ माघ । काठमाडौंको बालाजुमा खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनलाई बल्ने ढुङ्गो भेटिएको र पैसा लिएर आउनु भन्दै फोन गरी बोलाएर आँखामा खुर्सानीको धुलो छर्केर रकम लुटिएको जनाइएको छ । गुरुङ्ग नेपाली सेनाका पूर्व सुवेदार र अहिले जग्गा कारोबारी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७