नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा बम विष्फोट


१२ माघ २०७६, आईतवार
arun tesro

संखुवासभा, १२ माघ । संखुवासभामा निर्माणाधीन नौं सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावार हाउसस्थलमा बम विष्फोट भएको छ ।

अपरिचत व्यक्तिको समूहले आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावार हाउस नजिकै कुकर बम बिष्फोट गराएको हो । विष्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ ।

कसले र कुन उद्देश्यले विष्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यस आयोजनामा बम विष्फोट गराउँदै आएकाले यसपल्ट पनि विप्लव कार्यकर्ताले विष्फोट गराएको हुनसक्ने संखुवासभा प्रहरीको भनाइ छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन ।

पछिल्लो समय पूर्वका विभिन्न जिल्लामा विष्फोटका घटनाहरु बढिरहेका छन् । आजै मात्र रौतहटको चन्द्रनिगाहापुरको सडकमा शंकास्पद वस्तु फेला परेको छ । पछिल्लो समय विप्लव समूहले स्थानीय निकाय र विभिन्न आयोजनाहरुलाई लक्षित गरी आगजनीका घटना गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७