फेरि पश्चिमी वायुको प्रवेश, तीन दिन बर्षा र हिमपात हुने


१३ माघ २०७६, सोमबार
kathamandu

काठमाडौं, १३ माघ । नेपालमा पानी पार्ने पश्चिमी वायु फेरि प्रवेश हुँदैछ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीका कारण अबका तीन दिन नेपालका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने मौसमविद्ले जनाएका छन् ।

यो प्रणाली नेपालतर्फ नजिकिँदै र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्ने
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । ‘देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव शुरु हुने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउने छ ।’

यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताएका छन् । उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनले बताएका छन् । ‘बुधबार भने यो देशभरि फैलिने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले थपे, ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ ।’

मौमस पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यस प्रणालीले बुधबारसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १३ गते (सोमबार)
दिउँसो–देशको पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका केहि भू–भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
राति– देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
माघ १४ गते (मंगलबार)
दिउँसो– देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति–देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

माघ १५ गते (बुधबार)
दिउँसो–देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका अधिकांश स्थान र मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

राति– देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, काठमाडौं

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७