राजधानीका यी स्थानमा आज ९ घण्टा विजुली नआउने


१३ माघ २०७६, सोमबार
electricity

काठमाडौं, १३ माघ । राजधानीका विभिन्न स्थानमा आज (सोमबार) नौं घण्टा विजुली नआउने भएको छ ।

चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन विहान ७ बजेबाट दिउँसो ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडर अन्तर्गत पर्ने वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु बत्ती जाने जनाइएको छ । रुख कटान कार्य निर्धारि समय अगाडि नै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचालु हुनसक्ने समेत प्राधिकरणले जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७