प्रमोद खरेल क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत


१३ माघ २०७६, सोमबार
pramod kharel

काठमाडौं, १३ माघ । गायक प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावनादूत बनेका छन्। खरेललाई शनिबार बसेको प्रादेशिक संघको बैठकले सद्भावनादूतमा नियुक्त गरेको हो।

प्रदेश क्रिकेटका प्रवक्ता मनोज कटुवाले  गायक खरेलको क्रिकेटप्रति विशेष लगाव भएकाले उनलाई प्रादेशिक क्रिकेटको सद्भावनादूतमा नियुक्त गरिएको बताए ।

यस्तै प्रादेशिक समितिले विभिन्न उपसमितीहरु समेत गठन गरेको छ। प्रदीपराज पाण्डेको संयोजकत्वमा प्राविधिक उपसमिति, मिङमा डण्डु शेर्पाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति, लाक्पा लामाको संयोजकत्वमा छनोट उपसमिति गठन गरेको छ।

यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै अजय राजवंशीलाई प्रदेशको सिनियर पुरुष टिमको टिम म्यानेजर तोकेको छ । महिला टिमको म्यानेजर भने पूर्वखेलाडी र जिल्ला महिला सदस्यहरुलाई आलोपालो पठाइनेछ ।

 प्रदेशमा आवद्ध ५ जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न मनोज कटुवालको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७