जुवा खालमा प्रहरीको छापा, २२ लाखसहित १६ जना पक्राउ


१३ माघ २०७६, सोमबार
juwa

कैलाली, १३ माघ । प्रहरीले कैलालीको धनगढी–३ स्थित एक जुवा खालमा छापा हानेको छ ।
प्रहरीले धनगढी–३ को रोस हाउस रेष्टुरेण्ट नजिकै तिलक अधिकारीको घरमा छापा मारस् २२ लाख ८२ हजारसहित सोमबार विहान १६ जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अधिकारीसहितका व्यक्तिलाई जुवा खालबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलाली गोदावरी–१० का रवीन्द्र शाही, धीरेन्द्र चन्द, भुवन कुँवर, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरू, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मंगल ठगुन्ना रहेका छन् । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७