खोटाङका दिनेश सुनारले अमेरिकामा बनाए चौथो विश्व कीर्तिमान


१३ माघ २०७६, सोमबार
1579923422parker dinesh sunar

काठमाडौं, १३ माघ । पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान बनाएका छन् ।

उनले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमान बनाएका हुन् ।


अमेरिकामा रेकर्ड पूरा गरेको एक हप्तापछि उनले प्रमाणपत्र पाएका छन । यसअघि उनले तीन विश्व कीर्तिमान राखेका थिए ।


पहिलो किर्तिमान ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमान ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो रेकर्ड बनाएका थिए ।


हाल उनी अमेरिकाज गट ट्यालेन्टमा भाग लिन अमेरिकामा छन् । उनी वि.स. २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७