आज पनि बढ्यो सुनको भाउ, किन्ने छैनन, बेच्ने बढे


१३ माघ २०७६, सोमबार
gold 2

काठमाडौं, १३ माघ । नेपाली बजारमा सुनको भाउ आकाशिने क्रम अझै रोकिएको छैन ।
आज पनि सुनको भाउ बढेको छ ।

सोमबार सुनको मूल्य ५ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । हिजो आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।
छापावाल सुन प्रतिदशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार भाउ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो ।

सुनको भाउ लगातार बढ्न थालेपछि बजारमा सुन किन्नेको भन्दा बेच्नेको भीड लागेको छ । सुन किनेर लगाउन सक्ने अवस्था नभएपछि भाउ बढेकै मौकामा सुन बेचेर अन्य ठाउँमा लगानी गर्नका लागि उपभोक्ता सुन विक्रीमा अग्रसर देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७