ओखलढुङ्गा जीप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार


१३ माघ २०७६, सोमबार
heli

काठमाडौं, १३ माघ । ओखलढुङ्ग जीप दुर्घटनाका गमिभर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले घाइते सबैको हेलिकप्टरमार्फत उद्धार गरेका हुन् । अहिले उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ओखलढुङ्गको सिद्धडाँडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए । बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो ।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफै पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७