एमसीसीबारे सभामुख सापकोटाको प्रतिक्रिया : जब बहस छेडिन्छ, निचोडतिर पुगिन्छ

‘प्राथमिकताका आधारमा विधेयकहरु अघि बढ्छन्’


१३ माघ २०७६, सोमबार
agni sapkota

काठमाडौं, १३ माघ । नव निवाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पहिलो ‘अग्नि परीक्षा’ का रुपमा विश्लेषण भइरहेका बेला उनले यसमा हतार गरिहाल्नु पर्ने अवस्था नभएको प्रतिक्रिया जनाएका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गदै सभामुख सापकोटाले एमसीसीबारे राखेको जिज्ञासा समाधान गर्दै भने, ‘अध्ययन गर्दै जाऊ सबैले, अहिले किन हतार गरिहाल्नु पर्‍यो र !’

उनले एमसीसीको पक्ष–विपक्षमा वहस र छलफल चलेको बताउँदै भने, ‘बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मत विभाजन देखिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नुपर्ने पक्षमा देखिएका छन् भने अन्य नेताहरुले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अङ्ग भएको आशंका गरेका छन् ।

‘प्राथमिकताको आधारमा विधेयकहरु अघि बढ्छन्’
यस्तै सभामुख सापकोटाले संसदमा छलफलमा रहेको विधेयकहरुको प्राथमिकताका आधारमा अघि बढाइने जानकारी दिएका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दे सभामुख सापकोटाले थुप्रै विधेयकहरु संसदमा छलफलकै क्रममा रहेकाले त्यसमा प्राथमिकता किटान गरेर अघि बढाउन आफूले काम थाल्ने बताए । ‘केही विधेयकका बारेमा अध्ययन गरेर मात्रै बोल्न सक्ने अवस्था छ,’ सापकोटाले भने, ‘कतिपय विधेयकका लागि दलीय सहमति आवश्यक रहेकाले सहमति जुटाएर अघि बढाइने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७