कोरोना भाइरस नियन्त्रणका लागि पर्यटन मन्त्रालयले गर्‍यो यस्ता १२ निर्णय


१३ माघ २०७६, सोमबार
paryatan

काठमाडौं, १३ माघ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएका कारण नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीचमा समन्वयात्मक रुपमा कार्य गर्ने र यस सम्बन्धमा उच्च सतर्कता अपनाउँदै पूर्व तयारीको अवस्थामा रहने गरी तयारी गर्न निर्देशन भएको हो ।

उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन भएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने, डेक्सका लागि आवश्यक स्थान उपलब्ध गराउने र समन्वय एवम् सहजीकरण गर्नेलगायत छन् ।

यसैगरी चीनबाट आएका पर्यटकमा कोरोना भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनै पनि लक्षण देखिएमा होटल, ट्राभलरट्रेकिङ्ग एजेन्सीलगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा र्पुयाउने व्यवस्था मिलाउन निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

नेपाल आउने हवाई जहाजहरु अवतरण गर्नु पूर्व यात्रुहरुलाई डेडिकेटट हेल्थ डेक्समा गई आधारभूत जाँच गराउन उद्घोष गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा जहाजलाई संक्रमणबाट बचाउने व्यवस्था मिलाउने, पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाहरुले भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गर्ने गराउने रहेका छन् ।

यस्तै कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने, नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सिमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउन निर्देशन भएको छ ।

भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने, विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

चिनियाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गराउन, कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउन, मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य सञ्चालन गर्नेलगायतका छन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभलरट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्नेगरी राख्ने व्यवस्था मिलाउनुपर्ने छ ।

नेपाल भ्रमण वर्ष २०२० मा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्व सतर्कता, जनचेतना र समन्वयकासम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकमा मन्त्रालय अन्तर्गतका निकायहरुबाट भएका काम कारवाहीको समीक्षा गर्दै यस्तो निर्देशन भएको हो ।
यस्ता छन् १२ बुँदे निर्णय

१) मुलुकको अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा Dedicated Health Check Desk का लागि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने ।

२) विशेष गरी छिमेकी मित्रराष्ट्र चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनैपनि लक्षण देखिएमा होटल, ट्राभल र ट्रेकिङ्ग एजेन्सी लगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाउने ।

३) नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई Dedicated Health Check Desk मा गई आधारभूत जाँच गराउन Announce गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा ब्ष्चअचबात Aircraft Disinfection गर्ने व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने ।

४) पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सवै संस्थाहरुले यस भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गर्ने गराउने ।

५) कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने ।

६) नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारिनाका लगायत उत्तरी सीमा नाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्व सावधानीहरु अपनाउने ।

७) उल्लेखित भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल क्ष्कयबितष्यल मा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने ।

८) विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने ।

९) चिनियाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाडौ, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गर्ने गराउने ।

१०) कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउने ।

११) मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य सञ्चालन गर्ने ।

१२) कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामाग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल र ट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउने ।

1 7
2 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७