आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति


१३ माघ २०७६, सोमबार
aastha 2

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि उपस्थित भएको बताएकी थिइन् । उनले सबैले कानून पालना गर्नुपर्ने बताउँदै कानून अनुसारको जस्तोसुकै सजाय आफूले स्वीकार्ने बताएकी थिइन् ।

विमानस्थल प्रहरीसँग भएको विवादपछि दिएको उनको अभिव्यक्तिका कारण प्रहरीले गायिका राउतमाथि अभद्र व्यवहारको मुद्दा अगाडि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७