साढे दुई किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ


१३ माघ २०७६, सोमबार
Fake gold jhapa 20180601085302

रसुवा, १३ माघ । सरकारले सुन चोरी तस्करी नियन्त्रणमा आइसकेको दावी गरिरहेका बेला सोमबार रसुवागढी नाकाबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् । ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढिसकेको जनाइएको छ ।

हिजो मात्र महोत्तरीको मटिहानी नगरपालिका–८ मा सशस्त्र प्रहरीले आइतबार राति २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको थियाे ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए ।

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बीओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ को सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मुल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७