डडेल्धुराको पूर्वाधार विकास कार्यालयमा बम बिष्फोट


१३ माघ २०७६, सोमबार
dadaldhura

डडेलधुरा, १३ माघ । डडेल्धुरास्थित सुदुरपश्चिम प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालयमा बम विष्फोट भएको छ ।

अमरगढी नगरपालिका–५ स्थित कार्यालयमा आईतबार राति अज्ञात समूहले बम बिष्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।

बम बिष्फोटबाट कार्यालय छिर्ने मुख्य ढोकामा र लेखा फाँटमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम बिष्फोट कसले गराएको भन्नेबारे खुलेको छैन ।

घटनास्थलमा प्रहरी प्ररिचालन गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । उक्त कार्यालयको कार्यक्षेत्र डडेल्धुरा र डोटी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७