२०७६ माघ १४ गते मंगलबारको तपाईको राशिफल


१४ माघ २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिन ेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने छ । यात्रामा मालसामान हराउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउँला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुशीका लागि केही खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कार्यको योजना बन्ने छ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुशीका निम्ति केही खर्च हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कहीं–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । सुखद् यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७