जिल्लाको विकासका लागि योगेशले स्थापना गरे दुई अक्षय कोष


२२ पुष २०७४, शनिबार
Yogesh bhattrai
फाइल तस्बिर ।

काठमाडाैं : ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाका सङ्गीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिवार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् ।

Yogesh bhattrai
 

उनले ताप्लेजुङ सङ्गीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका सङ्गीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले सङ्गीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत सङ्गीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।
त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्तिथ पत्रकारसँग सम्बन्धित संस्था तथा पत्रकार महासङ्घमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए । पत्रकारितालाई व्यावसायिक बनाउन पत्रकारहरूको क्षमता अभिबृद्धि महत्त्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमशः बढाउने योजना छ ।
कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने उनले दोहोर्याए । ताप्लेजुङ जिल्लामा विकासका हजारौँ सम्भावना रहेको औंल्याउदै अब आफूले अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७