अमेरिकामा भिषण आगलागी, ३५ डुंगा जले, आठको मृत्यु


१४ माघ २०७६, मंगलवार
dunga

काठमाडौं, १३ माघ । अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् । आगलागी पछि केही मानिसले पानीमा हामफाल्दै ज्यान बचाएका थिए ।

आगलागीका कारण ३५ भन्दा बढी डुंगा पनि जलेर ध्वस्त भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७