अब श्रम स्वीकृतिका लागि बीमा रकम अनलाइनबाटै तिर्न सकिने


१४ माघ २०७६, मंगलवार
tahachal

काठमाडौं, १३ माघ । श्रम स्वीकृतिका लागि बीमा बापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ ।

सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।

बीमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७